च्याम्पियन्स लिग : रियल मड्रिड एटलान्टासँग खेल्दै

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा मंगलबार राति स्पेनिस क्लब रियल मड्रिड र इटालियन क्लब एटलान्टा खेल्दैछन् । खेल नेपाली समयअनुसार राति पौने २ बजे शुरु हुनेछ ।
अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले एटलान्टालाई १–० ले हराएको थियो ।

पछिल्ला नौ च्याम्पियन्स लिगमा रियल मड्रिडले अवे मैदानमा पहिलो लेगको खेल जितेको अवस्थामा आठ पटक अघिल्लो चरण पुगेको इतिहास छ । २०१८–१९ को च्याम्पियन्स लिगमा भने रियल मड्रिड आयाक्ससँग दोस्रो लेगमा ४–१ ले हार्दै बाहिरिएको थियो ।

एटलान्टासँगको दोस्रो लेगको खेल रियल मड्रिडका लागि सहज हुने छैन । पहिलो खेलमा १० खेलाडीमा सीमित भएको कारण पनि एटलान्टा दबाबमा आएको  एटलान्टाले त्यसकाे तुलनामा दोस्रो खेलमा राम्रो खेल्ने अपेक्षा गरिएकाे छ । 

प्रतिक्रिया