च्याम्पियन्स लिग : सिटी र मोन्चेनग्लादबाख खेल्दै

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब बोरुसिया मोन्चेनग्लादबाखबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने २ बजे हुनेछ ।
पहिलो लेगमा घरेलु टिम मोन्चेनग्लादबाखलाई २–० ले हराएको सिटीलाई क्वाटरफाइनलमा पुग्न केही सहज छ । सिटीलाई घरेलु मैदानको फाइदन पनि हुने छ ।

सिटीले १–० ले हारेपनि क्वाटरफाइनलमा पुग्नेछ ।

बोरुसिया मोन्चेनग्लादबाखसँगका पछिल्ला पाँच खेलमा म्यानचेस्टर सिटीले चार खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । रमाइलो के छ भने, जितेका सबै खेलमा सिटीले दुई गोल गरेकै छ ।

प्रशिक्षक मार्को रोजले भनेजस्तो म्यानचेस्टर सिटीलाई अन्तिम १६ बाटै विदा गर्न मोन्चेनग्लादबाखले असाधारण खेल देखाउनुपर्नेछ । म्यानचेस्टर सिटी यो सिजन प्रिमियर लिगमा पनि लयमा देखिएकाले मोन्चेनग्लादबाखलाई झन कठिन हुने देखिएको फुटबल विश्लेषकहरु बताउँछन् ।

सिटी लिगका ३० खेलबाट ७१ अंकसिट शीर्ष स्थानमा छ । जर्मन बुन्डेस लिगामा मोन्चेनग्लादबाख २५ खेलमा ३३ अंकसहित १० औँ स्थानमा छ ।

प्रतिक्रिया