नेपालसहित त्रिदेशीय फुटबलको खेल तालिका सार्वजनिक

काठमाडौं– नेपाल, बंगलादेश र किर्गिस्तानको यु–२३ टिमबीच हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

चैत १० देखि १६ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा बंगलादेश र किर्गीस्तान खेल्नेछन् । खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकालेको तालिका अनुसार नेपालले भने आफ्नो पहिलो खेल चैत १२ गते किर्गीस्तानसँग खेल्नेछ ।

आफ्नो दोश्रो खेलमा नेपालले चैत १४ गते बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्ष दुई स्थानमा रहने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल चैत १६ गते दशरथ रंगशालामा हुनेछ ।

नेपाल र बंगलादेशले भने विश्वकप फुटबलको दोस्रो चरणअन्तर्गत बाँकी खेललाई मध्यनजर गर्दै यो प्रतियोगिता खेल्न लागेका हुन् । किर्गिस्तानको यु–२३ टिम भने ओलम्पिकको तयारीमा छ ।

प्रतिक्रिया