बर्दियामा बाघको आक्रमणबाट फेरि एकजनाको ज्यान गयो

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट फेरि एकजनाको ज्यान गएको छ । जङ्गलमा साग टिप्न गएकी ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ कि ६२ बर्षीया डल्ली रावतको पाटे बाघको आक्रमणबाट ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्जले पुष्टि गरेको छ ।

साग टिप्न गएका तीन महिलामध्ये डल्लीलाई पाटे बाघले लगेकोमा खोजीका क्रममा उनको शव त्यसको झण्डै ५ किलोमिटर पर बघौरामा क्षत विक्षत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ ।

बाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्जभित्र र आसपासको क्षेत्रबाट यो वर्ष मात्रै नौ जनाको ज्यान गइसकेको छ । निकुञ्जले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया