हेलिकोप्टरमा शेरधनको ससुराली सयर

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई होलिकोप्टर चार्टड गरी ससुराली गाउँ पुगेका छन् । मुख्यमन्त्री राई पत्नी जाङ्मु शेर्पाको जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुमा हेलिकोप्टर नै चार्टड गरेर पुगेका हुन् ।

आफ्नो जन्मस्थल पुग्दा आफूलाई खुशी लागेको भन्दै फेसबुकमा तस्बिर पाेष्ट गर्दै जाङ्मुले भनेकी छन्–‘म त जन्मिएकी मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो ।’

उनले आफ्नाे जन्मगाउँमा विद्युत्, शिक्षा, स्वास्थ्य, सञ्चारजस्ता विकासका पूर्वाधारले जनतालाई जोड्न बाँकी रहेको भन्दै यसबारे आफ्ना श्रीमान् शेरधनकाे ध्यानाकर्षण भएको पनि उल्लेख गरेकी छन् ।

मुख्यमन्त्री राई र जाङ्मु शेर्पाबीच गत माघ ११ गते बिबाह भएको थियो । |तस्वीरहरुः मुख्यमन्त्रीपत्नी जाङ्मु शेपा|

प्रतिक्रिया