माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड
२०७७ चैत ३ गते

|माओवादी नेताहरु प्रचण्ड र देव गुरुङ। तस्वीरः फाइल|
काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले पार्टीको संसदीय दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङलाई चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । बैठकले राष्ट्रिय सभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई कायमै राखेको छ । बैठकले संसदीय दलको उपनेता र सचेतक पद भने रिक्त नै राखेको छ ।
सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्र ब्युँतिएसँगै माओवादी केन्द्रले संसदीय दलका पदाधिकारी चयन गरेको हो ।
अझै संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन । माओवादीले हतारमा अविश्वासको प्रस्ताव नलैजाने भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको छ । नेता पुनले माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्ने दाबी गर्नुभयो ।
२०७७ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








