प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक चैत ६ गते बस्ने भएको छ । मंगलबारको बैठकमा शोक प्रस्ताव पारित गर्दै अर्को बैठक चैत ६ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरि स्थगित गरिएको हो ।

मंगलबारको बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरिएको छ । यादव २०७० सालको संविधानसभामा नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट बाँके–२ बाट निर्वाचित भएका थिए । यादवको ७५ बर्षको उमेरमा गत माघ १ गते निधन भएको थियो ।

शोक प्रस्ताव पारित गर्नुअघि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सांसदहरु डिला संग्रौला पन्त, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डे मनोनयन गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया