यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल चैत्र ०३ गते । मंगलबार । ईश्वी सन् २०२१ मार्च १६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन शुक्लपक्ष । तिथि–तृतीया,३३ घडी २८ पला, बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– अश्विनी,अहोरात्र । योग–ब्रम्ह,०३ घडी २२ पला,बिहान ०७ बजेर ३५ मिनेट उप्रान्त ऐन्द्र । करण– तैतिल,बिहान ०६ बजेर ४१ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २९ घडी ५३ पला । सर्वार्थसिद्धियोग अहोरात्र ।

आजको बार बेला ।
बिहान ०६ बजेर १५ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर १६ मिनेटदेखी बिहान ७ बजेर ४४ मिनेटसम्म उद्वेग बेला ।
बिहान ७ बजेर ४५ मिनेटदेखी बिहान ९ बजेर १४ मिनेटसम्म चर बेला ।
बिहान ०९ बजेर १५ मिनेटदेखी बिहान १० बजेर ४४ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ४५ मिनेटदेखी मध्यान्ह १२ बजेर १३ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १४ मिनेटदेखी दिउसो १ बजेर ४३ मिनेटसम्म काल बेला ।
दिउसो १ बजेर ४४ मिनेटदेखी दिउसो ३ बजेर १३ मिनेटसम्म शुभ बेला ।
दिउसो ३ बजेर १४ मिनेटदेखी बेलुकी ४ बजेर ४२ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ४३ मिनेटदेखी बेलुकी ७ बजेर ४२ मिनेटसम्म काल बेला ।

नोटः- शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर १२ मिनेटदेखी बेलुकी ०४ बजेर ४२ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)महत्वपूर्ण जिम्मेवारी सम्पादन गर्ने जिम्मा तपाईँको काधमा आउनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । मान सम्मान तथा ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेम तथा पति पत्नी बीच मायामा विस्वासको वातावरण बढेर जानेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आज गरिने काममा बाधा तथा अवरोध हुनेछ । नयाँ ठाउँमा लगानी गर्नको लागी समय मध्ययम रहेकोछ । सामान हराउने वा चोरी हुने सम्भावना रहेकोले सचेत रहनुहोला । नियमित खर्चसमेत बढ्ने तथा स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक सङ्कटले दैनिकी प्रभावित हुनेछ । तरपनि आफन्त तथा अग्रजहरुले सहयोग गर्नेछन् । लामो दुरिको यात्राको गतिलो योग रहेकोछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) घर गृहस्थी तथा सन्तानबाट सुख प्राप्त हुनेछ । शुभ समाचारले मन प्रशन्न हुनेछ । अन्य व्यापारमा मन्दी आएपनि खाद्यान्न,औषधी तथा पशुजन्य व्यापारमा बृद्धी हुनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ । प्राकृतिक स्रोत साधन तथा निर्माण सामाग्रको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । तरपनि पैत्रिक धन तथा सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । यात्रा भरसक स्थगित गर्नुहोला ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खाद्यान्न तथा औषधीजन्य समानको व्यापार फस्टाएर जाने तथा भनेजस्तो आम्दानी हुनेछ । कार्यक्षेत्रमा तपाईँको कामको उच्च सम्मान हुनेछ भने तपाईँबाट राम्रा निर्णय हुनाले सबैतिर चर्चा हुनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ । गित संगीत तिर ध्यान जानेछ भने बाहिरि गतिबिधिमा भाग दिई नाम कमाउन सकिनेछ । सरकारी तथा प्रशासनिक काममा तपाईँको गतिलो उपस्थिती रहनेछ । पढाइ लेखाइमा राम्रा प्रगती गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । तरपनि सरसफाई र वातावरणको ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारि र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसी कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछी परिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मानव निर्मित तथा भौतिक साधनको व्यापार व्यावसाय फस्टाएर जानेछ । जीवन साथि तथा मन परेको मान्छेको साथ रमाईलो यात्रा हुने हुँदा मन प्रशन्न रहनेछ । परिवारबाट तपाईको काममा पुर्ण समर्थन प्राप्त हुनाले नयाँ योजना बनाउन सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले अरुभन्दा अगाडी तपाईको नाम आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । साझमा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने हुँदा मन प्रशन्न रहनेछ । सत्रु परास्त हने तथा पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जानेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले भने जस्तो आम्दानी गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा एक कदम अगाडी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । निर्माण सामाग्री तथा उत्पादनमूखि व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अध्ययनमा बाधा तथा अवरोधको सामना गर्नुपर्ने हुनसक्छ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना नहोला भन्न सकिन्न । तरपनि बौद्धिक चिन्तन तथा विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । प्रतियोगिता तथा प्रतिस्पर्धामा विजयको योग रहेकोछ । छोराछोरीको पढाइ तथा स्वास्थ्य प्रति जिम्मेवारी बोध हुनेछ । नसोचेको ठाँउबाट धन आगमनको योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) कामधन्दा र प्रयासमा सफलता पाउन सकिने समय रहेकोछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । घरगृहस्थीमा तरपनि आमा तथा आफन्तसँग मनमुटाब बढ्नेछ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । मातापितासँगको सम्बन्धमा समेत दरार आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) न्यायिक निर्णयहरु तपाईँकै पक्षमा आउने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने जोस आउनेछ । दाजुभाई तथा छिमेकिबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने हुनाले व्यावसायमा लगानी गरी मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहका लागी यात्राको अवसर जुर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले राम्रा काम गर्न सकिने तथा सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । तरपनि खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया