सेनाद्वारा फागुनमा ३२ शव व्यवस्थापन

काठमाडौं । नेपाली सेनाले फागुन महिनामा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको ३२ वटा शवको व्यवस्थापन गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै सेनाले फागुन महिनामा कोभिड संक्रमणबाट मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्बन्धी कार्य विवरण सार्वजनिक गरेको हो ।

जसमध्ये २८ हिन्दु र ४ जना बौद्ध धर्मावलम्बीको शव रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।

मृत्यु हुनेमध्ये ७ जनालाई जमिनमा गाडिएको थियो भने २१ जनालाई विद्युतीय शव दाह गृहमा जलाइएको थियो । यसैगरी ३ जनालाई चितामै जलाइएको सेनाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।


No description available.

प्रतिक्रिया