नेप्से १८ अंकले घट्दा परिसूचक २४ सय बिन्दु तल

काठमाडौं । नेपालको सेयर बजार नेप्से परिसूचक १८.०७ अंकले घटेको छ । परिसूचक सोमबार २३८९.१९ बिन्दुमा ओर्लिएको छ । साताको पहिलो दिन आइतबार परिसूचक ५१.२३ अंकले घटेको थियो । सेन्सेटिभ इन्डेक्स पनि सोमबार ५.०७ अंकले घटेको छ ।

सोमबार ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँमा २१२ कम्पनीका ९६ लाख ४ हजार ५ सय २९ कित्ता सेयर कारोबार भए ।

सोमबार ट्रेडिङ, होटल एन्ड टुरिजम, म्यानुफ्याक्चर तथा प्रोडक्सन, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट समुहका सेयर सूचक हरिया भए । अन्य सूचक घटेका छन् ।

सोमबार चन्द्रागिरि हिल्सको सेयर ९.९५ प्रतिशत अर्थात ८८ रुपैयाँले बढेर प्रतिकित्ता मूल्य ९ सय ७२ रुपैयाँ पुगेको छ । त्यस्तै घलेम्दी हाइड्रोको सेयर ९.७२ प्रतिशत, पञ्चकञ्या माइ हाइड्रोको ९.७४ प्रतिशतले बढेको छ । अंखुखोला जलविद्युत् कम्पनीको सेयर ९ प्रतिशतले बढेको छ ।

सोमबार हिमालयन हाइड्रो पावरलगायतका कम्पनीको शेयर मूल्य घटेका छन् ।

कारोबारको हिसाबले सबैभन्दा बढी निफ्राको सेयर ४३ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, माथिल्लो तामाकोसी २९ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया