एमालेका दुई खेमाबीच छलफल सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दुई पक्षबीच सुरु भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका खेमाबीच छलफल शुरु भएको हो ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी छलफलमा ओली–नेपालसँगै दुवै खेमाका नेताहरु पनि सहभागी छन् । बैठकमा ओली–नेपालसँगै उपाध्यक्ष भीम रावल र महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवद्वय गोकर्ण विष्ट र प्रदीप ज्ञवाली, नेताहरु सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ र रघुजी पन्तलगायतका नेताहरु पनि सहभागी छन् । छलफलमा वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित छन् ।

गत फागुन २८ गते बालुवाटारमा ओलीले विशेष बैठक बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनीतसँगै विभिन्न नेताहरुको जिम्मेवारी हेरफेर गरेका थिए । तर, पदाधिकारीहरु भने यथावत् राखिएको संस्थापन पक्षले जनाएको छ ।

प्रतिक्रिया