ओली र नेपालबिच एमाले मुख्यालयमा भेट हुँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली र एमाले नेता माधवकुमार नेपालबिच आज भेटवार्ता हुने भएको छ । दुई शीर्ष नेताबिच एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता हुन लागेको हो ।

पछिल्लोसमय ओली पक्षले जिम्मेवारीविहीन बनाएपछि नेपाल पक्षले समानान्तर गतिविधि थालेका बेला हुन लागेको दुई शीर्ष नेताको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । दुई नेताबिच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने दुवै पक्षका नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा चियापान आयोजना गरि नेता नेपालसहित झलनाथ खनाललाई पनि निम्तो दिएपनि नेता नेपालले पार्टी केन्द्रीय कार्यालयमा मात्र भेट्ने बताएपछि ओली नै धुम्बाराही जान लागेका हुन् ।

प्रतिक्रिया