बिएण्डसी अस्पताललाई सम्बन्धन् नदिन डा‍‍. केसीकाे माग

काठमाडाैं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीले झापामा रहेको बिएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन् नदिन माग गरेका छन् ।

विज्ञप्ति निकालेर डा. केसीले कानून छलेर अवैध रुपमा सम्बन्ध दिन लागिएको भन्दै सम्बन्धको प्रक्रिया रोक्न माग गरेका हुन् ।

आफ्नो माग पुरा नभए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने उनले चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन् ।

‘झापास्थित बिएण्डसि अस्पताललाई कानुन छलेर अवैध रुपमा दिन लागिएको मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया रोक्न माग गर्दछौं । साथै, नैतिक रुपमा पतित, भ्रष्ट र आपराधिक नेतृत्वबाट मुलुकलाई मुक्ति दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनु पर्दछ भन्ने मान्यता राख्दछौं’ डा. केसीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया