मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

६ फरार प्रतिवादी पक्राउ

तनहुँ । तनहुँ प्रहरीले आइतबार ६ फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न कसूरमा अदालतबाट दोषी ठहर भई फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।

बहुविवाह र अंश मुद्दाका दुई/दुई जना, बेइज्जती मुद्दा र चोरी मुद्दाका एक/एक जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

यी प्रतिवादीबाट सात दिन कैद र १५ हजार ३८६ भुक्तान गर्न बाँकी रहेकाले उनीहरूलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । प्रहरीले चालू आर्थिक वर्षमा ३६६ फरार प्रतिवादी पक्राउ गरिसकेको छ ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com