केएमसीद्वारा गोदावरीमा निःशुल्क स्वास्थ्य शिविर
२०७७ चैत १ गते

काठमाडौं । काठमाडौं मेडिकल कलेजले गोदावरी नगरपालिका- ९ ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आइतबार भएको स्वास्थ्य शिविरमा ७५३ बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिएको केएमसीले गोदावारी–९ स्थित गणेश आधारभूत विद्यालयमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १९८ जनाको ल्याव टेष्ट, १४३ जनाको भिडियो एक्सरे र ८७ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा ४१ जनाको दाँत खोलिएको छ ।

केएमसीले पछिल्लो समय निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यलाई तीव्रता दिएको छ । गरिब तथा विपन्न वर्गका बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन कार्यलाई निरन्तरता दिएको केएमसीका अध्यक्ष डा. सुनिल शर्माले जानकारी दिए ।




२०७७ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित









