भारतकी मिताली बनिन् वन डे क्रिकेटमा सात हजार रन बनाउने पहिलो महिला क्रिकेटर
२०७७ चैत १ गते

एजेन्सी । भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज एकदिवसीय क्रिकेटमा सात हजार रन बनाउने पहिलो महिला क्रिकेटर बनेकी छिन् ।
लखनउमा भइरहेको दक्षिण अफ्रिकासँगको चौथो एकदिवसीय क्रिकेटमा ४५ रन बनाएकी ३८ वर्षीया मितालीले याे कीर्तिमान बनाएकी हुन् ।
याे उनकाे खेल जीवनकाे २३१ औं एकदिवसीय क्रिकेट हाे । आजको खेलमा उनले ७१ बलमा ४ चौकासहित ४५ रन बनाइन् ।
मिताली अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने दोस्रो महिला क्रिकेटर पनि हुन् । उनी अघि इंग्ल्यान्डकी शारलाट एडवडर्सले १० हजार रन पूरा गरेकी थिइन् ।
२०७७ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








