मिलको फित्तामा सल बेरिँदा वृद्धाको मृत्यु

भोजपुर । मिलको फित्तामा बेरिएर भोजपुरमा एक वृद्धाको ज्यान गएको छ । रामप्रसाद राई गाऊपालिका –१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिएर मृत्यु भएको हो ।

योगेन्द्र राईले सञ्चालन गरेकाे बिजुलीबाट चल्ने मिलमा धान कुटाउने क्रममा घाटीमा लगाएको सल मिलको फित्तामा बेरिएक‍ाे प्रहरीले जनाएको छ ।

गम्भीर अबस्थामा घाँटीमा चोट लागेकी बानियाँको   स्थानीय क्लिनकमा उपचार  गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया