प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक स्थगित भएको छ । चैत २ गते सोमबार (भोली) का लागि बोलाइएको प्रदेशसभभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले आइतबार विज्ञप्ति निकालेर विशेष कारणबश अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

विशेष कारणबश भनिएपनि सर्वोच्च अदालतको फैसलापछि राजनीतिक परिदृष्य फेरिएका कारण संसद बैठक स्थगित गरिएको सांसदहरुले बताएका छन् । प्रदेश सभामा तत्कालिन सत्तारुढ नेकपाकै सांसदहरुको सक्रियतामा मूख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

प्रतिक्रिया