वामदेव गौतम अब एमाले एकता अभियानमा

काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतमको समूहले निर्णय सच्याउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । गौतम नेतृत्वको एकता अभियानको बैठकले ओलीको अवैधानिक कदमप्रति आपत्ति जनाउँदै तत्काल ‘तथाकथित बैठक’ का निर्णय सच्याउन आग्रह गरेको हो ।

ओलीका कदमले कम्युनिस्ट आन्दोलनलाई नै समाप्तिको दिशातर्फ धकेलिरहेको बैठकले निष्कर्ष निकालेको छ । ‘केपी ओलीले शुक्रबार गरेको घोषणाले उनको नेतृत्व क्षमताको धज्जी उडाएको मात्र नभई उनमा विकास हुँदै गएको व्यक्तिवाद, अहंमतावाद, स्वच्छन्दतावाद, पुरोहितवादजस्ता प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै समाप्त पार्ने दिशामा धकेलिरहेको छ ।’ बैठकपछि अभियानका सचिव बाबुराम थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सो बैठकले पार्टीभित्र आफूखुसी गरेको निर्णयविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘अतः नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक ढिक्का गलत निर्णयलाई सच्याएर नवौं महाधिवेशनबाट पारित विधान र राजनीतिक प्रतिवेदनका आधारमा पार्टी पंक्तिलाई सञ्चालन गर्न जोडदार अपिल गर्दर्छौंं ।’

हेर्नुहोस् विज्ञप्ति :-

प्रतिक्रिया