रियलको जितमा बेन्जिमाको २ गोल

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले इल्चेलाई २-१ गोलअनतरले पराजित गरेको हो ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको रियल मड्रिडले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो । ६१ औं मिनेटमा डेनी काल्भोले गोल गर्दै इल्चेलाई १-० गोलको अग्रता दिलाए । तर यसपछि रियलले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो ।

७३ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १-१ गोलको बराबरी दिलाए । खेलको अतिरिक्त समयमा बेन्जिमाले दोस्रो गोल गर्दै रियललाई २-१ गोलको जित दिलाएका हुन् ।

यो जितसँगै रियल मड्रिड बार्सिलोनालाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ५७ अंक भएको छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक छ । पराजित इल्चेको भने २६ खेलबाट २४ अंक छ । लिगको शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडको भने २७ खेलबाट ६३ अंक छ ।

प्रतिक्रिया