जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति हो : बाबुराम

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा आफैँ देशको नेतृत्व गर्ने शक्ति भएको बताएका छन् । जसपा कसैको पुच्छर नभएको भन्दै उनले देशको नेतृत्व गर्ने शक्ति भएको दाबी गरे ।

सत्ता समिकरणमा निर्णायकमध्ये एक मानिएको जसपाका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतसँग भेटघाटलाई जारी राखेका छन् ।

तर पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रविरूद्ध कसैसँग सम्झौता गर्न नहुँने तर्क गरेका छन् । भट्टराईले ट्वीटमा भनेका छन्- ‘यो तासको जोकर वा सत्तारूपी जुवाको खालको च्यॅाखेदाउ थाप्ने खेलाडी हैन, बरू परम्परागत राजनीतिको अग्रगामी विकल्प हो ।’

प्रतिक्रिया