चेल्सी लिड्ससँग रोकियो

काठमाडौं । चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेडसँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति आफ्नै मैदानमा लिड्सले चेल्सीसँग बराबरी खेल्दै अंक बाँडेको हो ।

चेल्सीले खेलअवधिभर गोल गर्ने राम्रो मौका पाएपनि सदुपयोग गर्न सकेन । ६३ प्रतिशत बल पोजिसन आफ्नो पकडमा राखेको चेल्सीले १५ पटक लिड्सको पोस्टमा प्रहार गरेको थियो । इंग्लिस प्रिमियर लिगमै भएको अर्को खेलमा एभर्टन बर्नलीसँग २औ१ गोलअन्तरले पराजित भएको  छ । एर्भटन आफ्नै मैदानमा हारेको हो ।

सुरुवाती समयमै दुई गोलको अग्रता बनाएको बर्नलीविरुद्ध एभर्टनका डोमिनिक कार्भट लेविनले गोल गरेपनि हार जोगाउन सकेनन्। त्यस्तै, अर्को खेलमा क्रिस्टल प्यालेसले वेष्टब्रुमलाई १औ० ले हराएको छ ।

लिड्सलाई पराजित गर्दै तेस्रो स्थानको लेस्टर सिटीसँग अंक बराबरी बनाउने मौका चेल्सीले गुमाएको छ । चौथो स्थानमा रहेको चेल्सीको २९ खेलबाट ५१ अंक भएको छ । १२ औं स्थानमा रहेको लिड्सको भने २८ खेलबाट ३६ अंक छ ।

लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलबाट ७१ अंक छ । लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २८ खेलबाट ५४ अंक छ । लिगको तेस्रो स्थानमा रहेको लेस्टरको भने समान खेलबाट ५३ अंक छ ।

प्रतिक्रिया