मोती र केटो पत्रकारिता पुरस्कार क्षेत्री र ढुङ्गानालाई

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ झापा शाखाद्वारा स्थापित मोतीराम पत्रकारिता पुरस्कारबाट झापाका पत्रकार गोविन्दचन्द क्षेत्री पुरस्कृत भएका छन् । झापाको बिर्तामोडमा शनिवार आयोजित कार्यक्रममा क्षेत्रीलाई ५१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको हो ।

७७ वर्षका क्षेत्री झापाकै जेठो पत्रकारका रूपमा चिनिन्छन् । उनी हाल ‘द हिमालयन टाइम्स’ दैनिक पत्रिकाको झापा संवाददाताका रूपमा आबद्ध छन् ।

पत्रकार महासङ्घ झापा शाखाले नै स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार पत्रकार गीता ढुङ्गानालाई प्रदान गरिएको छ । ढुङ्गाना हिमशिखर टेलिभिजनमा कार्यरत पत्रकार हुन् । उनलाई १५ हजार रुपैयाँ राशीकाे पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

तत्कालीन मेची अञ्चलको जेठो पत्रिका ‘केटो’  को नाममा याे पुरस्कार स्थापना गरिएको हो ।

प्रतिक्रिया