उपाधिका लागि १०६ रनको लक्ष्य पछ्याउँदै पुलिस क्लब

काठमाडाैं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लबले १०६ रनको  लक्ष्य पाएकाे छ ।

कीर्तिपुरमा भइरहेकाे फाइनलमा अर्काे विभागीय क्लब सशस्त्र प्रहरी बलको एपिएफ क्लबले पुलिस क्लबलाई १०६ रनकाे लक्ष्य दिएकाे हाे ।

टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले २९.४ ओभरमा अलआउट हुँदै १०५ रन मात्रै बनाउन सक्याे । एपिएफका लागि बसन्त रेग्मीले बनाएकाे २२ रन सर्वाधिक रह्याे । यस्तै सन्दीप जोरा र अमरसिंह रौटेलाले १८–१८ तथा भुवन कार्कीले १४ रन बनाए ।

१० रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान शरद भेषावकर शुन्यमै आउट भएपछि एपिएफ दबाबमा आएको थियो। यसअघि शंकर राना चार र आशिफ शेख शुन्यमै आउट भएका थिए। एपिएफका ब्याट्सम्यानले पुलिसविरुद्ध खुलेर खेल्न सकेनन्। पुलिसका गुल्सन झा र सागर ढकालले समान ४–४ विकेट लिए।

प्रतिक्रिया