विनोदले बनाए शतक

काठमाडौं । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा शतक बनाएका छन्। कप्तान विनोदले बागमती प्रदेशविरुद्ध शतक बनाएका हुन् ।

त्रिवी क्रिकेट मैदानमा लिग चरणका अन्तिम खेलमा विनोदले उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । उनले ९७ बलमा आठ चौका र पाँच छक्का प्रहार गर्दै शतक बनाए । २६७ रनको विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको आर्मी टिमलाई सम्हाल्दै विनोदले जिततर्फ लगेका हुन् ।

यसअघि आर्मीविरुद्ध नै यही खेलमा बागमतीका पारस खड्काले शतक बनाएका थिए । पारसले शतकसहित ११९ रन जोडे ।

विनोदले बनाएको शतक जारी प्रतियोगितामा तेस्रो शतक हो । यसअघि दीपेन्द्रसिंह ऐरीले एपिएफविरुद्ध शतकसहित १४० रन बनाएका थिए ।

प्रतिक्रिया