बागमतीद्वारा आर्मीलाई २६७ रनको लक्ष्य, पारसको शतक

काठमाडौं । बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २६७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभर सकिन दुई बल बाँकी छँदा सबै विकेटको क्षतिमा २६६ रन बनाएको हो ।

बागमतीको मध्यम लक्ष्यमा पारस खड्काले शतक बनाए। पारसले १३३ बलमा ११ चौका र दुई छक्का प्रहार गर्दै शतकसहित ११९ रन बनाए । त्यस्तै, नन्दन यादवले विष्फोटक ब्याटिङ गरे । उनले २५ बलमा पाँच चौका र एक छक्कासहित ४२ रनमा अविजित रहे ।

शून्यमै पहिलो विकेटको रुपमा आकाश थापालाई गुमाएको बागमतीका कप्तान ६ रनमा आउट हुँदा जम्मा ११ रन थियो ।

त्यसपछि तेस्रो नम्बमा आएका पारस र इशान पाण्डेले टिमलाई उकासे । इशानले २६ रन बनाउँदा आदिल खानले २१ रन बनाए। बलिङतर्फ सोमपाल कामीले पाँच विकेट लिए ।

प्रतिक्रिया