काठमाडौंद्वारा एपिएफलाई १८८ रनको लक्ष्य

काठमाडौं ! ‘काठमाडौं मेयर्स कप’ क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स एघार टिमले विभागीय टिम एपिएफ क्लबलाई १८८ रनको लक्ष्य दिएको छ ।

मूलपानी क्रिकेट मैदानमा जारी खेलमा काठमाडौंले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा १७७ रन बनाएपछि एपिएफले सामान्य लक्ष्य पाएको हो । काठमाडौंका सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भूषालले २० रन बनाए ।

१४ रनमा पहिलो विकेटको रुपमा विपिन रावललाई गुमाएको काठमाडौंले ४४ रनमा दोस्रो विकेटको रुपमा खडक बोहोरालाई गुमाएको थियो । तर तेस्रो विकेटको लागि सन्दीप रजाली र हरिशंकरले राम्रो साँझेदारी गर्दै टिमलाई उकास्ने प्रयास गरेका थिए ।

बलिङतर्फ अविनाश बोहरा र कमलसिंह ऐरीले समान ३–३ विकेट लिए ।

काठमाडौंलाई पराजित गरेमा एपिएफ फाइनलमा पुग्नेछ । तर काठमाडौंले एपिएफले हराएको खण्डमा भने नेट रनरेटमा भर पर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया