आर्मीविरुद्ध पारसको शतक

काठमाडौं । पारस खड्काले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा शतक बनाएका छन् । बागमती प्रदेशका पारसले विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध शतक बनाएका हुन् ।

पारसले १२२ बलमा शतक बनाएका हुन्। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ९ चौका र २ छक्का प्रहार गरे ।

जारी प्रतियोगितामा पारसको खराब प्रदर्शन थियो । पहिलो खेलमा नेपाल पुलिस क्लबविरुद्ध शून्यमा आउट भएका पारसले दोस्रो खेलमा काठमाडौं मेयर्स एघार टिमसँग १० रन बनाएका थिए । तेस्रो खेलमा भने पारसले एपिएफविरुद्ध २९ रन बनाएका थिए ।

जारी प्रतियोगितामा यो दोस्रो शतक हो । यसअघि पुलिसका दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए । उनले एपिएफविरुद्ध शतकसहित १४० रन बनाएका थिए ।

प्रतिक्रिया