काठमाडौंका यी स्थानमा सवारी निषेध

महाशाखाले बुधबार सूचना निकालेर आज पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको जनाएको हो । मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ ।

यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् । ‘शिवरात्रिको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दर्शनार्थीहरुको सुविधालाई मध्येनजर गरी विभिन्न स्थानबाट गौशाला क्षेत्र आउने र जाने मालबाहक र पानी ट्याङकरका सवारी साधनलाई कोटेश्वर, तिनकुने, चावहिल र नारायणटारबाट डाइभर्सन गरिएको छ । सवारी साधन लिएर पाशुपत क्षेत्र जाने दर्शनार्थीहरुको सुविधालाई मध्येनजर गरी विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ ।

एयरपोर्ट क्षेत्रबाट गौशालातर्फ आउने सवारी साधनका लागि वनकालीचौर र तिलगंगामा, रातोपुल तथा कालोपुल क्षेत्रबाट आउनेहरुका लागि सिफलचौर र भण्डारखालमा, नारायणटार क्षेत्रबाट आउनेहरुको लागि बागमती करिडोर तथा  गुहेश्वरी पारीको खालीचौरमा पार्किङको व्यवस्था मिलाईएको छ । यस्तै, मित्रपार्कमा रहेको टेक्सास कलेज परिसरमा पनि पार्किङ गर्न सकिनेछ । त्यस्तैगरी, महानगरीय प्रहरी वृत गौशाला परिसरमा र पशुपति क्षेत्र विकाश कोषको परिसरमा पनि पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएकाे छ ।

यस्तै आज मास्क नलगाए पशुपतिको दर्शन गर्न पाइने छैन । पशुपति विकास कोषले कोभिड-१९ को जोखिम कायम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरेको हो । साथै दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुका साथै स्यानिटाइजर पनि अनिवार्य लगाउनुपर्नेछ ।

प्रतिक्रिया