म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले शानदार जित निकालेकाे छ । घरेलु मैदानमा भएको खेलमा साउथ ह्याम्पटनलाई ५–२ ले पराजित गर्दै सिटीले जित हाँसिल गरेकाे हाे ।

सिटीकाे जितका लागि केविन डी ब्रूयना र रियाद महरेजले दुई–दुई गोल गरे । इल्केयी गुण्डोगानले एक गाेल गरे ।

साउथह्याम्पटनका लागि वार्ड–प्रावसी र एडम्सले एक/एक गाेल गरे ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २९ खेलबाट ६८ अंक भएको छ ।

प्रतिक्रिया