शब्द प्रवाह इटहरीकाे नयाँ काव्य कार्यक्रम

काठमाडौं । शब्द  प्रवाह इटहरीले नयाँ काव्य कार्यक्रम शुरु गर्ने भएको छ । काठमाडौको विकल्प काठमाडौ बाहेक सबै जिल्लामा भएको भन्दै संस्थाले काठमाडौँका सर्जकलाई भने निमन्त्रणा नगर्ने बताएको छ ।

हरेक महिना एक वा दुई कविको कविता सुन्ने, कविका बारेमा टिप्पणी सुन्ने र काव्य करेन्ट महशुस गर्ने लक्ष्यका साथ कार्यक्रम शुरु गरिएको शब्द प्रवाहका अध्यक्ष विराट अनुपमले जानकारी दिए ।

पुस्तक विमर्श र सामुहिक कविता वाचनका मात्रै कार्यक्रमहरू हुँदै आएकोमा थप केही गर्न यो अवधारणा अघि सारिएको उनले बताए । कार्यक्रममा काठमाडौँका स्रष्टा नल्याउने उनले जानकारी दिए । सुरुमा प्रदेश- १ का र क्रमशः अन्य प्रदेशका स्रष्टा ल्याउने २० श्रृंखला पूरा भएपछि स्मारिका समेत प्रकाशन गर्ने लक्ष्य रहेको उनले बताए ।

यस मासिक कार्यक्रममा पहिलो कविका रुपमा देवान किराँती रहनेछन् । कार्यक्रम चैत ७ गते शनिबार ओली एण्ड एशोसिएट्सको सभाहल इटहरीमा हुने  अनुपमले जानकारी दिए ।

प्रतिक्रिया