हफिङ्टनपोस्टको क्यानडा संस्करण बन्द
२०७७ फागुन २६ गते

काठमाडौं । सन् २००५ मा खुलेको अमेरिकाको बहुराष्ट्रिय समाचार पोर्टल हफिङ्टनपोस्टको क्यानडा संस्करण बन्द भएको छ । मार्च ९ देखि साइटमा कुनै पनि विषयवस्तु नराखिएको हफिङ्टनपोस्टले जनाएको छ ।
सन् २०१२ मा यस क्यानडेली संस्करण पुलित्जर अवार्डबाट समेत सम्मानित भएको थियो । यस संस्करण सन् २०११ मा खुलेको पहिलो अन्तर्राष्ट्रिय संस्करणसमेत थियो ।
त्यसपछि जापानिज, फ्रेन्च, स्पेनिस, कोरियन, हिन्दीलगायत संसारका सबैजसो मुख्य भाषामा र धेरै देशहरुमा प्रकाशनसमेत भइरहेको छ ।
आर्थिक अभावका कारण संस्करण बन्द गर्नु परेको बताइएको छ ।
२०७७ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








