माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकारलाई दिएको समर्थनबारे छलफल
२०७७ फागुन २६ गते

|फाइल तस्बिरः|
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको पेरिसडाँडामा शुरु भएको छ । नेता लीलामणि पोखरेलले मकालु खबरलाई बताएअनुसार बैठक शुरु भएको हो । ‘साथीहरु आउँदै पनि हुनुहुन्छ,’ नेता पोखरेलले भने, ‘बैठक शुरु पनि अब भएको हो ।’
अर्का एक नेताले मकालु खबरलाई बताएअनुसार आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा विशेष रुपमा छलफल हुनेछ ।
यसअघि मंगलबार मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटेका थिए । यद्यपि कांग्रेसले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मात्रै माओवादीसँग सत्ता समीकरणको विषयमा छलफल गर्ने बताएको बुझिएको छ ।
मंगलबार बसेको बैठकमा भने यसबारे खास रुपमा छलफल भएको थिएन ।
२०७७ फागुन २६ गते
प्रतिक्रिया
सम्बन्धित








