शिवरात्रिका दिन काठमाडौंका यी स्थानमा सवारी निषेध

काठमाडौं । ‘महाशिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ भने अनिवार्य मास्क लगाउनुहोला । मास्क नलगाए दर्शन गर्न पाइँदैन ।’ पशुपति विकास कोषले कोभिड-१९ को जोखिम कायम रहेकोले दर्शनार्थीले अनिवार्य मास्क लगाउन आग्रह गरेको हो ।

कोभिड-१९ महामारीको अन्त्य नभए पनि सदाझैँ महाशिवरात्रि यसपटक पनि भव्यताको साथ मनाउने तयारी गरेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । ढकालले भने, ‘दर्शनार्थीले अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने, स्यानिटाइजर र मास्क अनिवार्य लगाउनुपर्नेछ ।’

नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभाग समेतबाट सुरक्षाकर्मी परिचालन हुने उनले जानकारी दिए । नेपाल स्काउटका समेत गरी ४ हजार स्वयमसेवक परिचालन हुने डा. ढकालले जानकारीले दिए । मन्दिर नजिकैको गेटमा स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त दिन सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीको गरेर ३० वटा स्वास्थ्य संस्थाको शिविर हुनेछन् ।यी स्थानमा सवारी निषेध !
शिवरात्रि पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारी साधन चल्न नदिने भएको छ ।

महाशाखाले आज सूचना निकालेर भोलि पशुपतिनाथ मन्दिर वरपरका क्षेत्रमा सवारी निधेष गरेको जनाएको हो ।  मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ ।

यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन् । ‘शिवरात्रिको दिन चक्रपथमा चल्ने यातायात सेवा सुचारू गरिनेछ । तर दर्शनार्थीको चाप बढी भई यातायात प्रभावित हुने देखिएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरिनेछ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया