मेयर कप महिला क्रिकेट प्रतियोगिता हुने

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले ललितपुर महानगरपालिकाले मेयर कप महिला क्रिकेट प्रतियोगिता गर्ने भएको छ । क्यानले ललितपुर महानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्ने भएको हो ।
२० ओभरको प्रतियोगितामा ललितपुर मेयर्स–११ टिमसहित पाँच टिमको सहभागिता रहने छ । प्रतियोगिता आयोजनाका लागि मंगलबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । कार्यक्रममा ललितपुर महानगरपालिकाका उप–प्रमुख गीता सत्यालले महिला क्रिकेट खेलाडीको प्रवर्द्धन र विकासमा टेवा दिने उदेश्यले सहकार्य गरिएको बताईन् ।

टियु क्रिकेट मैदानमा हुने प्रतियोगिता चैतमा हुने भएपनि मिति र पुरस्कार राशी तय हुन बाँकी रहेको क्यानले जनाएको छ ।

प्रतिक्रिया