सकियो झापा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता

विराटनगर । झापाको विर्तामोडमा जारी दोस्रो लायन्स क्लब जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको फाइनलमा मेन्स डवलमा प्रनिशसिंह ठकुरी र दिपक घिमिरे काँकरभिट्टाको जोडीले जितेको छ ।

नवीन सिलवाल, चााणक्य पाठक विर्तामोडलाई २२–२०,९–२१ र २१–१९ को अंकमा हराउँदै प्रनिशसिंह ठकुरी, दिपक घिमिरेको जोडीले जितेको हो । विजेताले नगद २५ हजार नगद र ट्रफी हात पारेका छन् । उपविजेता नविन सिलवाल र चाणक्य पाठकले नगद २० हजार र ट्रफीमा चित्त बुझाएका छन् । तेस्रो हुने जोडीलाई नगद आठ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।

४५ प्लस डबलमा सञ्जय भक्तराज, गणेश कार्की विर्तामोडको जोडीले श्रीप्रसाद धिमाल, विष्णु तामाङ्ग काँकरभिट्टाको जोडीलाई २१–७, २१–७ को सोझो सेटमा हराउँदै उपाधि जितेका छन् । जितसँगै सञ्जय र गणेशको जोडीले नगद २० हजार तथा ट्रफी र उपविजेता धिमाल र तामाङले नगद १५ हजार रुपैयाँसहित ट्रफी हात पारेका छन् भने तेस्रोलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी प्रदान गरियो ।

लायन्स क्लब अफ अनारमनीको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित ‘झापा जिल्ला स्तरीय दोस्रो लायन्स खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ आयोजना भएको थियो ।

विर्ता ब्याडमिन्टन क्लबको कबर्ड हलमा भएको प्रतियोगितामा खुल्लातर्फ ३० र भेट्रानतर्फ २३ टिम सहभागी थिए ।

प्रतियोगिता समापन समारोहमा लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक भर्गनर टंकबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्य बिनोद बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया