अस्पतालको शय्याबाट बिमल भन्छन्- हिम्मत हारेको छैन

काठमाडौं । नेपाली फुटबल खेलाडी बिमल घर्ती मगरले अस्पतालको शय्याबाट प्रतिस्पर्धाका लागि आफू केही समय अड्किए पनि हिम्मत नहारेको बताएका छन् ।

फुटबल खेल्ने क्रममा घाइते भएका बिमलले फेसबुकमा आफू अस्पतालको शय्यामा सुतेको तस्बिर पोस्ट गर्दै लेखेका छन्‚ ‘शायद आज मैले गरेको गल्तिको सजाय पाउँदैछु । प्रतिस्पर्धाको समयमा म केही समयका लागि अड्किएको छु । तर हिम्मत हारेको छैन मैले‚ नयाँ खेल जीवनको सुरुवात गर्नेछु ।’

आफूले पहिला पाएको विश्वास र साथ फेरि पाउने भन्दै बिमलले बाटो सजिलो नभएपनि अगाडि बढ्ने बताएका हुन् ।

खेल्नेक्रममा घाइते भएका बिमलको कतारस्थित एक अस्पतालमा शल्यक्रिया भइरहेको छ । उनको उपचारको प्रबन्ध अखिल नेपाल फुटबल संघ (एन्फा)ले मिलाएको छ ।

प्रतिक्रिया