जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक शुरु

काठमाडाैं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक शुरु भएको छ । एकीकरणपछि जसपाको संसदीय दलको पहिलो बैठक शुरु भएको हो ।

बैठकमा वर्तमान अवस्थामा पार्टीको भावी कार्यदिशा के हुने भन्नेबारेमा सांसदहरुले सुझाव दिइरहेको सांसद मोहम्मद इस्तियाक राईले बताए ।

बैठकमा सर्वोच्च अदालतको फैसलापछि बनेको नयाँ राजनीतिक परिवेशमा कसरी अघि बढ्ने, नयाँ सरकार गठनमा पार्टीको भूमिका के हुनेलगायत विषयमा छलफल गर्न सजपाले संसदीय दलको बैठक बोलाएको हो ।

प्रतिक्रिया