माओवादी केन्द्रको स्थायी कमिटी सुरु, सरकारबारे के निर्णय गर्ला ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएको छ ।

सर्वोच्च अदालतले गत आइतबार एमालेसँगको एकता खारेज गर्दै पुर्ववत् रुपमा फर्काइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पहिलो पटक बसेको हो ।

बैठकमा बदलिएको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । जसअन्तर्गत पार्टीको पुनर्गठनको विषय, सरकारलाई दिएको समर्थन र पछिल्लो समय केपी शर्मा ओली पक्षमा खुलेका नेताहरुका बारेको छलफल मूख्य रहेको एक नेताले जानकारी दिए ।

सरकारलाई दिएको समर्थन फिर्ता गरि अर्को सरकार बनाउने विषयमा पनि आजको बैठकमा छलफल हुने ती नेताको भनाइ छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र संघीय समाजवादी पार्टी मिलेर सरकार बनाउने विषयमा छलफल गरी नयाँ सरकारका लागि अग्रसरता लिने निर्णय हुन सक्ने ती नेताले जानकारी दिए । यसका लागि आजदेखि नै कांग्रेस, सजपालगायत दलसँग घनिभूत छलफल अघि बढाउने विषयलाई प्राथमिकतामा राखिने उनले बताए ।

प्रतिक्रिया