एपिएफलाई २३४ रनको लक्ष्य, ज्ञानेन्द्र र नन्दनले बनाए अर्धशतक

काठमाडौं– बागमती प्रदेशले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २३४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा  टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ५० ओभरमा ६ विकेटको क्षतिमा २३३ रन बनायो। बागमतीका लागि नन्दन यादव ६० रनमा अविजित रहे। उनले ५६ बलमा सात चौका र दुई छक्का प्रहार गर्दै ६० रन बनाए। उनी सातौं नम्बरमा मैदान आएका थिए ।

यस्तै, कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए भने आदिल खानले ३४, इशान पाण्डेले ३१ र पारस खड्काले २९ रन जाेडे ।

१० रनमा पहिलो विकेटको रुपमा आकाश थापालाई गुमाएको बागमतीले ५९ रन हुँदा पारस खड्कालाई दोस्रो विकेटको रुपमा गुमाएको थियो। त्यसपछि ज्ञोन्द्र मल्ल र इशान पाण्डेले टिमलाई सम्हाल्दै लगे। नन्दन र आदिलले उत्कृष्ट ब्याटिङ गरेपछि बागमतीले मध्यम लक्ष्य बनाएको हो।

एपीएफका किशोर महतो र अमरसिंह रौटेलाले २–२ विकेट लिए।

प्रतिक्रिया