नोबेलमा सुरु भयो खेलकुद उत्सव

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीहरुले स्पोर्टस् फियस्टा अर्थात् खेलकुद उत्सव सुरु गरेका हुन् । एक सातासम्म सञ्चालन हुने फियस्टामा फुटबल, भलिबल, क्रिकेट, कबड्डी, ब्याडमिन्टन, म्याराथन, हाजिरीजवाफ लगायत प्रतियोगिता हुनेछन् ।

नोबेलमा हरेक वर्ष विद्यार्थीहरुले एक सातासम्म विभिन्न खेलकुद गतिविधि गरेर खेलकुद उत्सव मनाउँदै आएका छन् । उत्सव समापनका अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत गर्ने गरिएको छ ।

नोबेलमा डीएम एमसीएच, एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन, डिफार्म लगायत संकायमा करिब १६ सय विद्यार्थी अध्ययनरत छन् । स्तरीय चिकित्सा शिक्षा अध्ययनका लागि नेपालका विभिन्न जिल्लासहित छिमेकी मूलुकका विद्यार्थी पनि नोबेलमा आउने गरेका छन् ।

प्रतिक्रिया