लागु औषधसहित पाँच जना पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैचा नगरपालिका १० बाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ बर्षीय केशव तामाङको कोठाबाट डाईजेल्याप थान-१०, लुपिजेसिक थान-७, एभिल थान-१३ र गांजा फेला पारेको हो ।

प्रहरीले तामाङसहित सोही स्थानका २० वर्षीय एलिस खड्का, १९ वर्षीय सरन मगर, २० वर्षीय राजेश मंग्राती र १८ वर्षीय संजिव मगरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । तामाङको घरमा लागु औषध बिक्रि-बितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको जनाएको छ ।

प्रतिक्रिया