सर्वोच्चको फैसलाविरुद्ध कानूनी उपचार खोज्ने विपक्षी नेकपाको निर्णय

काठमाडौं । विपक्षी नेकपाले सर्वोच्च अदालतको फैसलाविरुद्ध कानूनी उपचार खोज्ने निर्णय गरेको छ । सोमबार पेरिसडाँडामा बसेको दाहाल–नेपाल समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार विपक्षी नेकपाले यस्तो निर्णय गरेको हो । ‘सर्वोच्चको फैसलाविरुद्ध हाम्रो गम्भीर ध्यानाकर्ष भएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘यो फैसला राजनीतिक फैसला भएको छ । यसकारण हामीले यसबारे थप बुझ्दैछौँ । कानूनी उपचारको बाटोबारे बुझ्दैछौँ । आजको बैठकमा यसबारे पनि गम्भीर रुपमा छलफल भएको छ ।’

प्रतिक्रिया