यसरी ब्युँतियो विराटनगरमा एमाले पार्टी कार्यालय [फोटो फिचर]

  • सुमन सुस्केरा

विराटनगर । सर्वोच्च अदालतको फैसलालगत्तै उत्साहित बनेको पूर्वएमाले पक्षले विराटनगरमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) कटहरी गाउँ कमिटी कार्यालय उद्घाटन गरेको छ ।

विराटनगर- ११ पाञ्चालीमा यसअघि नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्यालय रहेको मदन स्मृति भवनमा फेरि नेकपा एमालेकै कार्यालय बनाइएको हो ।

दुई दल मिलेर नेकपा बन्नुअघि पनि यो भवनमा नेकपा एमालेकै पार्टी कार्यालय थियो । सर्वोच्चको आइतबारको फैसलापछि पनि पुनः एमालेकै पार्टी कार्यालय बनाइएको हो । पार्टी कार्यालय पुनः उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकाल आएका थिए ।

प्रतिक्रिया