सर्‍यो प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सरेको छ । बिहान ११ बस्ने गरी बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारिएको हो ।

नेता योगेश भट्टराईका अनुसार कानुनी र राजनीतिक छलफल गर्नका समय चाहिएकाले बैठक सारिएको हो । सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएको छ । यो फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे बैठकमा छलफल हुने नेता भट्टराईले जानकारी दिए ।

अदालतको फैसलालगत्तै यो समूहका शीर्ष नेताले कानुन व्यवसायीसँग पनि छलफल गरेका थिए । अब कानुनी प्रक्रियामा जाने वा नजाने भन्ने निर्णय स्थायी कमिटी बैठकबाट हुने उनको भनाई छ ।

प्रतिक्रिया