‘राजनीतिमा महिला हिँसाबारे बहस हुनुपर्छ’

विराटनगर । प्रदेश -१ की उपसभामुख सरस्वती पोखरेलले राजनीतिमा हुने महिला हिंसा विरुद्ध लड्न राजनीतिक दलभन्दा माथि उठन सक्नुपर्ने बताएकी छिन् ।

इटहरी उपमहानगरले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको ‘श्रमिक महिला दिवसको महत्व र राजनीतिमा महिला हिंसा’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले महिला हिंसा बिरुद्धको अभियान सफल बनाउने हो भने दलभन्दा माथि उठ्नु पर्ने बताएकी हुन् ।

अबको चुनावमा दलभन्दा माथि उठेर ५० प्रतिशत महिलालाई जिताउनुपर्नेमा जोड दिइन् । ‘महिला आत्मनिर्भर बन्न सके हिंसा कम हुन्छ,’ उनले भनिन्, ‘अहिले आत्मनिर्भरको अवस्था समेत नहुँदा समाजमा हिंसाका घटना बढ्दै गएको हो ।’प्रदेशसभा सदस्य सर्वध्वज साँवाले महिलालाई हरेक क्षेत्रमा अवसर प्रदान गर्दै रोजगार बनाउन सक्नुपर्नेमा जोड दिए । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले राजनीतिमा महिला हिँसाको विषय वहसको बिषय नवनेकाले इटहरीवाट बहसको सुरुवात हुनु पर्ने बताइन् ।

कार्यक्रममा कार्यक्रममा ‘इँरिक्सा चालक महिला सीता परियार, सुजता राई, रीता दाहाल, मनिषा कार्की र दीपा कार्कीलाई सम्मान गरिएको छ । यस्तै उममेयर आत्मनिर्भर कार्यक्रममा उत्कृष्ठ कार्य गर्ने तालतलैया कृषि उद्यमी महिला समूह इटहरी २, सगरमाथा दालमोठ भूजिया महिला उद्यमी समूह इटहरी २०, चिनारी कृषि उद्यमी महिला समूह इटहरी १९, सृजनशील कृषि उद्यमी महिला समूहलाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया