आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल फाल्गुन २४ गते । सोमबार । ईश्वी सन् २०२१ मार्च ०८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । तिथि–दशमी,२८ घडी २२ पला, बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाषाढा,४० घडी २७ पला,बेलुकी १० बजेर ३४ मिनेट उप्रान्त उत्तराषाढा । योग– व्यातिपात,२३ घडी ५४ पला,दिउसो ०३ बजेर ५७ मिनेट उप्रान्त वरियान । करण– वणिज,बिहान ०६ बजेर ३४ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ४४ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–धनु । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०७ मिनेट । दिनमान २९ घडी २० पला । नारी दिवस ।

आजको बार बेला ।
बिहान ०६ बजेर २३ मिनेटसम्म अमृत बेला ।
बिहान ६ बजेर २४ मिनेटदेखी बिहान ७ बजेर ५१ मिनेटसम्म काल बेला ।
बिहान ७ बजेर ५२ मिनेटदेखी बिहान ९ बजेर १९ मिनेटसम्म शुभ बेला ।
बिहान ०९ बजेर २० मिनेटदेखी बिहान १० बजेर ४७ मिनेटसम्म रोग बेला ।
बिहान १० बजेर ४८ मिनेटदेखी मध्यान्ह १२ बजेर १६ मिनेटसम्म उद्वेग बेला ।
मध्यान्ह १२ बजेर १७ मिनेटदेखी दिउसो १ बजेर ४४ मिनेटसम्म चर बेला ।
दिउसो १ बजेर ४५ मिनेटदेखी दिउसो ३ बजेर १२ मिनेटसम्म लाभ बेला ।
दिउसो ३ बजेर १३ मिनेटदेखी बेलुकी ४ बजेर ४० मिनेटसम्म अमृत बेला ।
बेलुकी ४ बजेर ४१ मिनेटदेखी बेलुकी ७ बजेर ४० मिनेटसम्म चर बेला ।

नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०७ बजेर ५१ मिनेटदेखी बिहान ०९ बजेर १९ मिनेटसम्म रहनेछ ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) परिवारजनको साथले नयाँ आशा पलाउनेछ भने मित्रताको बन्धन कसिलो हुनुको साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । छोटो दुरिको रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको बलियो योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्ययम रहेकोले राम्रो बोल्दा बोल्दै बोलीको विपरीत अर्थ लगाई आलोचना गर्नेहरु शक्रिय हुनेछन् । शरीर भारि र मन अस्थिर हुन सक्छ । आलस्य र थकानको अनुभूति हुनेछ । बाटो काट्दा वा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । परिवारका सदस्य वा नजिकैको साथीसँग घरायसी कुरामा राय बाजिनेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो हुनेछ । पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा बिभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । एकल तथा साझेदारी व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्नेछ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । आटेका तथा सोचेका कामहरु समयमा सम्पन्न हुने हुँदा मन प्रशन्न हुनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । स्वास्थ्य आफ्नै काबुमा हुने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । मावली पक्षबाट भनेजस्तो सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । सन्तान तथा अनुयायीको माध्यामबाट काम बन्नेछ भने बंश वृद्धिको योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा समस्या आउदा आउदै पनि काममा समय दिनुपर्ने हुनसक्छ । श्रम गरेपनि न्यून प्रतिफलमा चित्त बुझाउनु पर्नेछ । आफन्त तथा आग्रसँग मनमुटाब बढ्नेछ । आफन्त तथा अग्रजसँग घरायसि कुरामा राय वाजिनेछ । तरपनि दैनिक उपभोग्य तथा औषधीजन्य सामानको व्यापारमा वृद्धि हुनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुका लागि समउ उत्तम रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न सकिनेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग पाईने हुनाले काम गर्न सहज हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागी समय उत्तम रहेकोछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । छोटो दुरिको यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बन्द व्यापारमा सुधारका संकेतहरु देखा पर्नेछन् भने नयाँ प्रकृतिको काम गरि आर्थिक अवस्था सुदृड पार्न सकिनेछ । आर्थिक अवस्था राम्रै रहने हुनाले कामहरु समयमा नै सम्पन्न गर्न सकिनेछ । ईष्ट मित्र तथा आफ्ना भन्नेहरुले सहयोग गर्नेछन् भने कुटुम्बसँगको सम्बन्ध राम्रो रहनेछ । परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माटो तथा खनिज पदार्थ सम्बन्धि कामबाट लाभ लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आजको प्रयास र व्यापारबाट दीर्घकालिन फाइदा हुनेछ । आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्नुहोला समय राम्रो रहेकोछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ भने नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनेछ । सहयोगीहरूको साथ र सहयोगले राम्रा काम गर्न सकिनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । राजनीति तथा सामाजिक काम गर्नेहरुका लागी समय उत्तम रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको यात्राको अधिक सम्भावना रहेकोछ भने विदेशमा उत्पादित सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । सम्मानित काम गरेर चर्चा बटुल्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जाने योग रहेकोछ । टाडाबाट घर फिर्ताको गतिलो योग रहेकोछ । तरपनि अन्य काममा व्यास्त हुनुपर्दा पढाइ लेखाइमा तपाईँको उपस्थिति कमजोर रहनेछ । आफन्त तथा अरुको लागि समय दिनुपर्दा आफ्नो काम थाती रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसायबाट सामान्य नाँफा भएपनि भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बिभिन्न अवसरले पछ्याउने तथा रोजगारी पाउने समय रहेकोछ । भौतिक तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्धले बिवाहरुपी निकास पाउने योग रहेकोछ । अध्यनमा प्रगती हुनेछ भने बिद्यार्थि वर्गका लागी आजको दिन फलदायी रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आवश्यक स्रोत साधन जुटाई दिगो काम गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी राम्रो रहनाले दिन सवल रहनेछ । राज्यको नजिक रहि काम गर्नेहरुका लागि समयले साथ दिनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि भौतिक सम्पती जोड्न सकिनेछ । विशिष्ट व्याक्तिहरु नजिक हुनेछन् भने प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । शुभ समाचारले मन प्रशन्न हुनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय 

प्रतिक्रिया