ओपो एफ-१९ प्रो स्मार्टफोन सार्वजनिक गर्ने तयारी

काठमाडौं । ओपोले एफ-सिरिजअन्तर्गत सार्वजनिकको तयारीमा रहेको आफ्नो नयाँ फ्ल्यागसिप फोनका बारेमा सांकेतिक जानकारी दिन थालेको छ । कम्पनीले आफ्ना सामाजिक सञ्जाल प्ल्याटफर्ममार्फत् सुरुवाती रुपमा ‘गेस दि ओपो स्टार’ क्याम्पेनको थालनी गरेको हो ।

टिजरहरू नियाल्दा आफ्नो नयाँ फ्ल्यागसिप मोडलका लागि कम्पनीले मल्टिपल स्टार्सका साथमा समारोहको तयारी गरिरहेको कम्पनीले बताएको छ ।

नेपालमा पहिलो पटक सन् २०१६ मा सार्वजनिक एफ-सिरिजका स्मार्टफोन ओपोका उत्पादनमध्ये सबैभन्दा लोकप्रिय सिरिजका भएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले आफ्नो लोकप्रिय सिरिजलाई ओपो एफ-१९ प्रोमार्फत् थप अगाडि लैजाने तयारी गरेको समेत कम्पनीले जनाएको छ ।

एफ-सिरिजलाई नयाँ उचाई प्रदान गर्ने लक्ष्य
ओपो एफ-१९ प्रो ओपो तथा एफ सिरिज अन्तर्गत कै सर्वाधिक फेसनेबल स्मार्टफोनका रुपमा स्थापित हुने कम्पनीले दावी गरेको छ । हालसम्म कम्पनीले उत्पादन सार्वजनिक गर्ने मितिका बारेमा भने कुनै आधिकारिक जानकारी दिएको छैन ।

हालसम्म कम्पनीले ओपो एफ-१९प्रो का विशेषताहरुका बारेमा समेत आधिकारिक जानकारी दिएको छैन । तर, सदाझैँ डिजाइन तत्वमा विशेष ध्यान दिँदै फोनका लोकप्रिय फिचर्समा थप सुधार तथा नवप्रवर्तनात्मक प्रविधिहरू पनि नयाँ फोनमा समावेश गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया