अब एमाले र माओवादी केन्द्र ब्युँतने

काठमाडौं । सर्वोच्च अदालतले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकता पूर्वकाे अवस्थामा पूगेकाे फैसला गरेकाे छ ।

न्यायाधीसहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले तत्कालिन एमाले र माओवादी केन्द्र एकता भइ बनेको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र एकता पूर्वकाे अवस्थामा पुगेकाे फैसला गरेकाे हाे ।

तर निर्वाचन आयोगले तत्कालिन एमाले र माओवादी केन्द्रको दर्ता खारेज गरि सन्ध्या तिवारीको अध्यक्षतामा नेकपा एमाले र गोपाल किराँतीको नाममा नेकपा माओवादी केन्द्रको नयाँ दल दर्ता गराएको छ ।

सर्वोच्चले दुई दल एकीकरण पूर्वको अवस्थामा पुगेकाले अब दुबै दल एकीकरण गर्ने भए दल एकीकरण सम्बन्धि सम्पूर्ण प्रक्रिया पूरा गरि अबिलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ कानून अनुसार आवश्यक निर्णय तत्काल गराउन निर्वाचन आयोगलाई समेत परमादेश जारी गरेको छ ।

 

प्रतिक्रिया