सन्दीपको विष्फोटक ब्याटिङमा बागमतीलाई २४५ रनको लक्ष्य

काठमाडौं । काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगितामा मेयर ११ टिमले बागमती प्रदेशलाई २४५ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर ११ ले ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनाएको हो ।

मेयर ११ का लागि नवौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। आफ्नो करियरकै उच्च रन बनाउने क्रममा सन्दीपले २० बलमा ४२ रन बनाए । उनले ६ छक्का प्रहार गरे ।

यस्तै, सौरभ खनाल ४९ रनमा अविजित रहे । सन्दीप रजालीले ३३, सिद्धान्त लोहनीले ३४ र विपिन खत्रीले ३२ रन जोडे ।

बलिङतर्फ चन्दन यादवले ४ तथा रामनरेश गिरी र आरियो पौडेलले समान २–२ विकेट लिए ।

प्रतिक्रिया